लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अवैध लागुऔषध कोकिन ३३ ग्रामसहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागुऔषध कोकिन ३३ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–९ का २७ वर्षीय सुनिल लामा, झापा मेचीनगर नगरपालिका–९ का ३१ वर्षीय विवेक गौतम, भारतको भुपालपुरा थाना–२९ ठेगाना भएका २७ वर्षीय हर्षित डाँगी र भारत राजस्थान जयपुर आदर्शनगर थानाका ३९ वर्षीय मानिक गुलाटी रहेका लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको भइरहेको छ ।
८ बैशाख २०८३, मंगलबार








प्रतिक्रिया