अर्थ-वाणिज्य

रुपन्देहीबाट करिब १६ लाखको अवैध सामान बरामद



देवदह (रुपन्देही), ७ वैशाखः जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिब रु १६ लाख बराबरको अवैध सामान बरामद गरेको छ । वैशाख ६ र ७ गते जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा अवैध रूपमा भन्सार छलेर चोरीपैठारी गरेको रु मूल्य १५ लाख ९० हजार १५५ बराबरको सामान बरामद गरेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका सामान, सवारीसाधनलाई पशु क्वारेन्टाइन कार्यालय तथा मानिसलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले बरामद गरेका सामानमा भैँसी, पाडी, घरयासी प्रयोजनका भाडा, कपडा, ब्रोइलर कुखुरा, केरा, अङ्गुर, चुकन्दर, कटहर, फर्सी, सेतो अण्डा, पेय पदार्थ, विभिन्न किसिमका पटका, दैनिक उपभोग्यका मोटरसाइकल, पिकअप गाडीलगायत छन् ।

प्रकाशित : ८ बैशाख २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६