खोज–अनुसन्धान

ज्यो. कृष्णप्रसाद पाण्डेको ‘श्रीमद्भगवद्गीता सरल नेपाली भावार्थ’ लोकार्पण



कपिलवस्तु १२ बैशाख

कपिलवस्तुका साहित्यकार ज्यो. कृष्णप्रसाद पाण्डेद्वारा लिखित ‘श्रीमद्भगवद्गीता सरल नेपाली भावार्थ’ पुस्तक एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। बाणगंगा साहित्यिक प्रतिष्ठान, बाणगंगा–८ कपिलवस्तुको आयोजनामा शनिबार जनचेतना निम्न माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो।
प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता तथा बाणगंगा नगर प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवालीको विशेष आतिथ्यतामा आयोजित कार्यक्रममा पुस्तक लोकार्पणसँगै विभिन्न साहित्यिक रचनाहरू वाचन समेत गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले पाण्डेको कृतिले धार्मिक ग्रन्थ श्रीमद्भगवद्गीतालाई सरल र सहज नेपाली भाषामा प्रस्तुत गरी आम पाठकसम्म पु¥याउने महत्वपूर्ण प्रयास भएको उल्लेख गरे।

लेखक ज्यो. कृष्णप्रसाद पाण्डेको जन्म वि.सं. २०१४ साल चैत २९ गते गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–९, उपल्लो तम्घासमा भएको हो। हाल उहाँ कपिलवस्तुको बाणगंगा नगरपालिका–७, बनगाईमा स्थायी बसोबास गर्दै आउनुभएको छ।

पाण्डेले यसअघि ‘वेदनाका फूलहरू’ (कविता संग्रह, २०७७) र ‘जीवन प्रवाह’ (खण्डकाव्य, २०७८) प्रकाशित गरिसक्नुभएको छ। साहित्य क्षेत्रमा निरन्तर सक्रिय उहाँ आधा दर्जन भन्दा बढी संस्थाबाट सम्मानित तथा पुरस्कृत भइ सक्नुभएको छ।
धार्मिक तथा साहित्यिक क्षेत्रमा समान रूपमा योगदान पु¥याउँदै आएका पाण्डेको पछिल्लो कृति ‘श्रीमद्भगवद्गीता सरल नेपाली भावार्थ’ ले गीता अध्ययनलाई अझ सहज र सर्वसुलभ बनाउने विश्वास गरिएको छ।

प्रकाशित : १२ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६