लुम्बिनी

गुणस्तरीय शिक्षामा जोड

सिद्धार्थ क्याम्पसको १६औँ सभा भव्य रूपमा सम्पन्न



कपिलवस्तु, वाणगंगा १२ बैशाख

सिद्धार्थ क्याम्पस, वाणगंगाको १६ औँ क्याम्पस सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्वाथ्य मन्त्री विष्णु प्रसाद पन्थीले शिक्षाको गुणस्तर वृद्धि अहिलेको प्रमुख आवश्यकता भएको औंल्याउनुभयो। क्याम्पसहरूको संख्या विस्तार भन्दा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने दिशामा केन्द्रित हुनु पर्नेमा उहाँले जोड दिनु भयो। “सिद्धार्थ क्याम्पसलाई अब शैक्षिक उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न आवश्यक छ,” उहाँले भन्नुभयो।


उहाँले प्रदेश सरकारले क्याम्पसहरूको विकास र व्यवस्थापनमा आवश्यक ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै हाल लागू गरिएको दुई दिनको सार्वजनिक विदाले शिक्षण–सिकाइ प्रक्रियामा प्रभाव पार्न सक्ने धारणा पनि राख्नुभयो। बहुदलीय व्यवस्थापछि देशमा उल्लेखनीय शैक्षिक परिवर्तन आएको स्मरण गराउँदै उहाँले आन्तरिक बसाइँसराइका कारण पहाडी क्षेत्रहरू प्रभावित भए पनि तराई क्षेत्र, विशेषगरी वाणगंगाले अझै जनसंख्याको चाप व्यवस्थापन गर्न सकेको उल्लेख गर्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथी राष्ट्रिय सभा पूर्व उपाध्यक्ष विमला घिमिरेले क्याम्पसको चौथर्फी विकासमा विगत देखिनै आफुले महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।
सिद्धार्थ क्याम्पस, वाणगंगामा १६औँ क्याम्पस सभामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष डम्मर प्रसाद शर्माले शिक्षाको गुणस्तर, पहुँच र व्यवस्थापन सुधारलाई प्राथमिकता दिएको तर्क गर्नु भयो ।

अध्यक्ष शर्माले शैक्षिक संस्थाहरूको दिगो विकासका लागि गुणस्तरीय शिक्षामा केन्द्रित नीतिगत र व्यवहारिक पहल भइरहेको धारणा राख्नु भयो । अध्यक्ष शर्माले सिद्धार्थ क्याम्पसले क्षेत्रीय शैक्षिक केन्द्रका रूपमा आफूलाई स्थापित गर्न गुणस्तर, दक्ष जनशक्ति र प्रभावकारी व्यवस्थापनमा जोड दिदै आएको धारणा राख्नु भयो ।क्याम्पसको शैक्षिक तथा भौतिक पूर्वाधार सकारात्मक रुपमा अगाडी बढेको तर्क गर्नु भयो ।


कार्यक्रममा बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, क्याम्पसका संस्थापक अध्यक्ष कृष्ण पौडेल, पूर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, प्राध्यापक प्रतिनिधी टिकाराम पौडेलले मन्तब्य राख्नु भयो ।कार्यक्रम क्याम्पसका उपाध्यक्ष रवि काफ्लेको स्वागत मन्तब्य र सहायक क्याम्पस प्रमुख गोविन्द खनालको संचालनमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख वेदराम अर्यालले शैक्षिक तथा प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

प्रकाशित : १२ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६