कपिलवस्तु, १४ बैशाख
शिवराज नगरपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को भौतिक प्रगति विवरणले नगरमा सडक पूर्वाधार विस्तारमा उल्लेख्य प्रगति भएको देखाएको छ भने अन्य पूर्वाधार निर्माणका क्षेत्रमा अझै सन्तुलित विकास आवश्यक रहेको संकेत गरेको छ ।
उपलब्ध विवरणअनुसार नगरपालिकाले सबैभन्दा बढी ध्यान सडक निर्माण तथा स्तरोन्नतिमा केन्द्रित गरेको देखिन्छ । विभिन्न वडामा कच्ची तथा ग्राभेल सडक निर्माण उल्लेख्य परिमाणमा सम्पन्न भएको छ। विशेषगरी सडक ग्राभेल तथा स्तरोन्नति कार्य हजारौँ मिटरमा सम्पन्न भएको तथ्याङ्कले यातायात पहुँच विस्तारमा सकारात्मक प्रभाव परेको अनुमान गर्न सकिन्छ । यसले ग्रामीग्री बस्तीहरूलाई मुख्य सडक सञ्जालसँग जोड्ने कार्यमा छ वा पु¥याएको छ ।
त्यसैगरी, दलान सडक निर्माण पनि केही वडामा गरिएको देखिन्छ, तर यसको परिमाण तुलनात्मक रूपमा सीमित छ । यसले नगरको दीर्घकालीन पूर्वाधार दिगोपनका लागि अझ बढी लगानी आवश्यक रहेको देखाउँछ ।
भवन निर्माणतर्फ विद्यालय, स्वास्थ्य संस्था लगायतका संरचना निर्माण भएका छन्। तर संख्या हेर्दा यी कार्यहरू सीमित मात्रामा सम्पन्न भएका छन्। यसले सामाजिक पूर्वाधारमा अझ व्यापक विस्तारको आवश्यकता औंल्याउँछ ।
खानेपानी तथा विद्युत् विस्तारका कामहरू पनि केही हदसम्म अघि बढीका छन्। तर यी सेवाहरू सबै वडामा समान रूपमा पुगेको देखिँदैन, जसले सेवा वितरणमा असन्तुलन रहेको संकेत गछ ।
नगरपालिकाले विभिन्न साना पुल तथा कल्भर्ढ निर्माण पनि गरेको छ, जसले स्थानीय स्तरमा आवागमन सहज बनाएकोछ। यद्यपि, दीर्घकालीन पूर्वाधार विकासका लागि यस्ता संरचनाहरूको संख्या अझ बढाउनुपर्ने देखिन्छ ।
समग्रमा हेर्दा शिवराज नगरपालिकाले सडक पूर्वाधारलाई प्राथमिकता दिएको स्पष्ट देखिन्छ, जुन विकासको आधारभूत सूचक हो। तर, विकासको सन्तुलनका दृष्टिले शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य सामाजिक पूर्वाधारमा समानान्तर लगानी अपरिहार्य देखिन्छ ।
यस्तै वडागत रूपमा प्रगति असमान देखिनु अर्को चुनौती हो। केही वडामा उल्लेख्य काम भएको भए पनि अन्य वडामा न्यून प्रगति देखिनुले योजना कार्यान्वयनमा समन्वय र स्रोत वितरणमा सुधार आवश्यक रहेको देखाउँछ ।
शिवराज नगरपालिकाले भौतिक पूर्वाधार विकासमा प्रारम्भिक उपलब्धि हासिल गरे पनि दिगो र समावेशी विकासका लागि क्षेत्रगत सन्तुलन, गुणस्तरीय कार्यान्वयन र दीर्घकालीन योजना निर्माणमा थप ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।








प्रतिक्रिया