लुम्बिनी

माउण्ट एभरेष्ट सामाजिक विकास संस्थामा नयाँ नेतृत्व

दिपक खनाल अध्यक्ष



कपिलवस्तु, १४ बैशाख

तीन दशकभन्दा बढी समयदेखि सामाजिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सक्रिय माउण्ट एभरेष्ट सामाजिक विकास संस्था, बाणगंगा नगरपालिका–६ भग्लापुर, कपिलवस्तुको ३१औँ साधारण सभा तथा १५औँ अधिवेशनबाट दिपक खनालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी पौडेल, सचिवमा प्रकाश भुसाल र कोषाध्यक्षमा लालमणि बेल्बासे चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा युवराज पोख्रेल, खेमराज भट्टराई, लेखनाथ भट्टराई र रविलाल भट्टराई रहेका छन्।


अधिवेशनबाट देवी पोख्रेलको संयोजकत्वमा गठित लेखा समितिमा कौशिला खनाल र रविन पौडेल सदस्य चयन भएका छन्। त्यस्तै सभाबाट सरोज खनाल, लक्ष्मण प्रसाद बेल्बासे र ठाकुर प्रसाद पोख्रेललाई संस्थाको सल्लाहकारका रूपमा चयन गरिएको छ। सभामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद पन्थीले माउण्ट एभरेष्ट संस्थाले विगतदेखि नै जिल्लाको सामाजिक रूपान्तरणमा खेलेको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नव–निर्वाचित नेतृत्वलाई बधाई दिएका थिए।
माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहल, कोपवामा सम्पन्न उक्त कार्यक्रममा संस्थाले गरिबी न्यूनीकरण, खानेपानी, उद्यमशीलता, सहकारी तथा शिक्षा जस्ता क्षेत्रमा पु¥याउँदै आएको योगदानको पनि चर्चा गरिएको थियो।

प्रकाशित : १४ बैशाख २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६