ब्रेकिंग न्युज

जिप दुर्घटनामा १२ घाइते



त्रिवेणी (रुकुमपश्चिम), १५ वैशाख ः रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् । आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप वडा नं ९ को सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीको भनाइ छ ।सडकको भित्तामा ठोक्किएर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनापछि चालक सानीभेरि गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र विक फरार छन् । उनीको खोजी जारी छ । घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका–१० की ४५ वर्षीया जसि दमाई, वडा नम्बर ८ का १६ वर्षीय भूपेन्द्र सत्याल, सोही ठाउँका २३ वर्षीय महेन्द्र गैरे, वडा नम्बर १० की ५९ वर्षीया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ वर्षीया नन्दकली पुन र सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की रहेको प्रहरी निरीक्षक परियारले जानकारी दिनुभयो । आठबिसकोट नगरपालिका–९ की ३५ वर्षीया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ वर्षीया कैली नेपाली, वडा नम्बर ८ की ६० वर्षीया मीना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ बर्षीया सीता विक पनि घाइते हुनुभएको छ । घाइतेमध्ये जसि, भूपेन्द्र र महेन्द्रको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित : १६ बैशाख २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६