अन्तर्राष्ट्रिय

जिफन्टले मनायो अन्तरराष्ट्रिय श्रमिक दिवस



काठमाडौँ, १८ वैशाख

एक सय ३७औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृटीमण्डपमा र्यालीको आयोजना गरेको छ । ‘कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धिः प्रविधिमैत्री प्रगति–श्रमिकसँग समृद्धि’ भन्ने मूल नारासहित महासङ्घले मुलुकभर र प्रवासमा दिवस मनाएको हो । महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको सम्मान, सीप विकास र उत्पादनशीलताका लागि आन्दोलनलाई रुपान्तरित गर्नुपरेको बताउनुभयो । उहाँले आजका श्रमिक भोलिका परिवर्तनका संवाहक भएकाले उनीहरूले राष्ट्रिय समृद्धिको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । यसैबीच, दिवसका अवसरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभकामना सन्देश दिँदै श्रमको मूल्य, मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको दिनको स्मरण गर्नुभएको छ । उहाँले शुभकामनामा नाफाको न्यायोचित वितरणका लागि रोजगारदातासँग संवाद र सामूहिक सौदाबाजीका माध्यमबाट श्रमजीवी वर्गको हक स्थापित गरेको उल्लेख गर्नुभयो । “हामीले हाम्रो संविधानमा पनि न्यायपूर्ण राज्यको लागि काम गर्ने वर्ग र काम गराउने वर्गबीच सन्तुलनका लागि यही निर्देशक सिद्धान्त अपनाएका छौँ । र, हामीले सरकारमा रहँदा श्रमिक, रोजगारदाता र राज्यबीचको त्रिपक्षीय सन्तुलित सहकार्यको बाटो अपनाउँदै तीनै पक्षको योगदानमा आधारित सामाजिक सुरक्षा थालनी गरेका थियौँ”, अध्यक्ष ओलीले भन्नुभएको छ । —

Powered By  Orson Infote

प्रकाशित : १८ बैशाख २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६