अन्तर्राष्ट्रिय

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकताः प्रधानमन्त्री ताकाइची



हनोई, भियतनाम, १९ वैशाख (रासस/एएफपी) :
जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्न अझ बढी सक्रिय बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भियतनामको हनोई विश्वविद्यालयमा एक कार्यक्रमलाई सम्बोधनको गर्दै उहाँले भन्नुभयो, “मैले जापानको जिम्मेवारी पूरा गर्ने र स्वतन्त्रता, खुलापन, विविधता, समावेशिता र विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था निर्माणमा पहिलेभन्दा बढी सक्रिय भूमिका खेल्ने मेरो दृढता दोहोराउन चाहन्छु । “तीव्र भूराजनीतिक प्रतिस्पर्धा, प्राविधिक नवीनतालाई गति दिइएको’ युगमा जापानी प्रधानमन्त्रीले एसियाली देशहरूलाई ‘खुलापन’ र ‘आफ्नो भविष्य निर्धारण गर्ने’ क्षमता विकास गर्ने पूयासमा जुट्न आह्वान गर्नुभयो । जापान र भियतनाम पूर्वी र दक्षिण चीन सागरमा चीनको क्षेत्रीय दाबीको बारेमा समान धारणा राख्छन् र दुवैले आर्थिक र सुरक्षा सम्बन्धहरू विस्तार गरेर अमेरिकाद्वारा संचालित व्यापार अवरोधहरूको बिरूद्ध जोखिम कम गर्न खोजेका छन्। हनोइले आफ्नो परम्परागत ‘लचकता र व्यवहारवादी कूटनीतिक’ दृष्टिकोणको माध्यमबाट सबै विश्व शक्तिहरूसँग राम्रो सम्बन्ध कायम राख्ने लक्ष्य राखेको छ । टोकियोले हालैका महिनाहरूमा बेइजिङसँग आफ्नो पहिलेदेखि नै चिसो सम्बन्ध बिग्रिएको देखेको छ। एक दशकअघि ताकाइचीका पथ प्रदर्शक सिन्जो आबेले पहिलो पटक ‘स्वतन्त्र तथा खुला’ इन्डो–प्यासिफिकको अवधारणालाई यस क्षेत्रमा चीनको प्रभाव रोक्न खोज्ने अमेरिकी साझेदार र सहयोगीहरूले अँगालेका छन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले टोकियोले ‘समूहहरूबीच टकराव भड्काउने’ आरोप लगाउनुभएको छ। शनिबार आफ्नो सम्बोधनमा ताकाइचीले भन्नुभयो, “‘चुनौतीपूर्ण’ नयाँ युगको लागि कूटनीतिक दृष्टिकोण अद्यावधिक गरिरहनुभएको थियो ।” बेइजिङको प्रत्यक्ष नाम नलिईकन उहाँले ‘महत्वपूर्ण वस्तुहरूका लागि एउटै देशमाथि अत्यधिक निर्भरता’ विरुद्ध चेतावनी दिँदै भन्नुभयो, “यो प्रायः ‘अनावश्यक रूपमा छुट’ दिने नीतिको परिणाम हो र विश्व बजारमा प्रतिस्पर्धाका लागि सवै मुलुक र उद्योगलाई ‘समान अवसर’ को लागि आह्वान गर्दछ।” उहाँले खुला ढुवानी मार्गको महत्त्वलाई पनि जोड दिँदै भन्नुभयो, “क्षेत्रीय आपूर्ति श्रृङ्खलाहरूलाई अन्तराष्ट्रिय कानुन अनुसार समुद्रको सुरक्षित र खुला आवागमनको वातावरण प्रत्याभूत गरिनुपर्छ ।” –––

प्रकाशित : १९ बैशाख २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६