गण्डकी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति



मुस्ताङ, २७ वैशाख

घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो । पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२ हप्ता ६ दिन पुग्दासमेत प्रश्रव व्यथा सुरु नभएको, गर्भको शिशु कम चलेको र प्रसूति समस्या जटिल बन्दै गएको गुनासोसहित अस्पताल पुगेकी ती महिलाको शल्यक्रियाद्वारा प्रसूति गराइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा समीक्षा कँडेलका अनुसार आमा र शिशुको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा पानीको मात्रा निकै कम भएको र शिशुको अवस्था जोखिमपूर्ण रहेको थियो । गर्भवतीको अवस्थाबारे आफन्तजनलाई उचित परामर्श दिएर आकस्मिक शल्यक्रिया (सिजेरियन सेक्सन) द्वारा सफल प्रसूति गरिएको डा कँडेलको भनाइ छ । शल्यक्रियाद्वारा महिलाले दुई किलो ५ सय ग्राम तौलको शिशु जन्मिएको हो । प्रदेश अस्पतालमा पछिल्लो चार आर्थिक वर्षमा सयभन्दा बढी महिलाले प्रसूति सेवा प्राप्त गरिसकेका छन् । सेवा लिन आएका मध्ये १६ गर्भवतीको शल्यक्रियाद्वारा सफल प्रसूति गराइसकिएको डा कँडेलले बताउनुभयो । पछिल्लो समय अस्पतालमा शल्यक्रिया प्रसूति सेवा भरपर्दो र विश्वसनीय बन्दै जाँदा यहाँका विपन्न र आर्थिक आयस्रोत कम भएका महिलालाई सहज भएको छ । यसअघि यहाँ शल्यक्रिया सेवा नहुँदा प्रसूति सेवा लिन धेरै पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने बाध्यता थियो । –––

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६