लुम्बिनी

बाल अधिकारको लागि सबैको साझा दाहित्व



दाङ , बैशाख २७ गते

बालबालिकाका सवालहरू कुनै एउटा निकायको मात्र नभई सबैको साझा सवाल भएको र यसका लागि सामूहिक प्रयास आवश्यक रहेको गाउँपालिका राष्ट्यि महांसंघले जनाएको छ । बालअधिकारका क्षेत्रमा आ आफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने ऐक्यबद्धता समेत मंहासंघल गरेको छ ।
महासंघले बालबालिकाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने मुख्य उद्देश्यका साथ काम गर्ने प्रतिवद्धता समेत जनाएको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा पीस नेपाल र बालअधिकारका लागि नागरिक संस्थाहरूको सञ्जाल, लुम्बिनी प्रदेशको समन्वयमा दाङमा लुम्बिनी प्रदेशका बालबालिकाको अवस्था, सवाल र अधिकारका विषयमा एक विशेष अन्तरक्रियात्मक बैठकमा यस्तो धारण आएको हो । महांसघ लुम्विनी प्रदेश अध्यक्ष तथा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरीले वालवालिकामा लगानी,सम्मान तथा सहभागिताको लागि आगामी आर्थिक बर्ष देखी थप नीति कार्यक्रम र बजेट व्यवस्थापन गर्ने प्रतिवद्धता जनाए । साथै उनले वालमैत्री स्थानीय शासन पालिका वनाउनको लागि प्रदेशका घोषणा हुन बाकीं वाकी पालिकाहरुलाई तत्काल अवलम्वन र उक्त कार्यलाई तिव्रता दिने विश्वाश व्याक्त गरेका छन् । पोषण, विद्यालय वाट बाहिर रहेकालाई विद्यालय लयाउने र निकृष्ट प्रकारका श्रममा लागेका वालवालिकाहरुलाई त्यसवाट बाहिर ल्याउन सबैको सहकार्य ल्याउन जरुरी रहेको बढैयालात गाउंपालिकाका अध्यक्ष हिमलाल त्रिपाठीले बताए । त्यस्तै राजपुर गाउंपालिका उपाध्यक्ष धनपतीदेवी यादवले बढ्दो सामाजिक संजालको प्रयोगले बालविवाहको समस्या आएको प्रति आफुहरु चिन्तीत रहेको बताएन् । उत रुन्टीगढी गाउंपालिकाका अध्यक्ष जनक पुनले लागु औषध प्रयोग र दुव्यसनी नियन्त्रणमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको बताए ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालय, सामाजिक विकास शाखाकी महिला विकास निरीक्षक कमला ज्ञवालीले बालबालिकाको अधिकार सुनिश्चितका लागि सवैको पहल र जिम्मेवारी हुनुपर्ने धारणा राखिन । उनले बालबालिकाको अधिकार सुनिश्चित गर्न मन्त्रालय सदैव लागिपरेको र आगामी दिनमा पनि उनीहरूको हकहितका लागि निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गरिन् । महांसघका प्रदेश समन्वय अधिकृत रबिन गौतमले संचालन गरेको कार्यक्रममा पीस नेपालका अध्यक्ष मणि प्रसाद गैह्रेले प्रदेशको वाल वालिकाको अवस्थाको बारेमा जानकारी दिएका थिए । बैठकमा सामुदायिक संस्थाका प्रतिनिधि, बाल क्लबका सदस्यहरू तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रकाशित : २७ बैशाख २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६