लुम्बिनी

युनाईटेड अस्पतालमा डा. समीर

सेवा विस्तार र उच्च गुणस्तरको अपेक्षा



कपिलवस्तु, ३१ बैशाख ।

युनाईटेड अस्पतालले स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र सेवा ग्राहीमैत्री बनाउने लक्ष्य सहित नेतृत्व तथा जनशक्ति विस्तारलाई प्राथमिकता दिएको अस्पतालले जनाएको छ । अस्पतालमा आयोजित विशेष समारोह बीच वरिष्ठ हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. समीर खाँनले मेडिकल सुपरिन्टेन्डेन्टको नेतृत्व सम्हाल्नु भएको छ । त्यस्तै डा. सुमन श्रेष्ठले सहायक मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ ।


सोही अवसरमा वरिष्ठ जनरल सर्जन डा. सन्तोष पौडेल, फिजियोथेरपिस्ट डा. एरिका थापा सहित विभिन्न विभागमा आबद्ध अन्य स्वास्थ्यकर्मीलाई पनि स्वागत गरिएको थियो । नयाँ नेतृत्वसँगै अस्पतालले सेवा गुणस्तर, व्यवस्थापन क्षमता र उपचार पहुँचलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिनु भयो ।

नयाँ नेतृत्वसँगै युनाईटेड अस्पतालले उपचार मात्र होइन, सेवाग्राहीको भरोसा र सन्तुष्टि पनि अझ उचो बनाउने विश्वास लिएको संस्थाका अध्यक्ष मुनाराम चालिसेले बताउनु भयो ।

प्रकाशित : ३१ बैशाख २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६