काठमाडौँ, ३ जेठः बितेका २४ घण्टामा दुई हजार २९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो । यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाही गरिएको हो ।
३ जेष्ठ २०८३, आइतबार









प्रतिक्रिया