अर्थ-वाणिज्य

जग्गा दान गरेर नगर प्रमुखद्वारा प्रशासनिक भवन निर्माण



चन्द्रपुर (रौतहट), ५ जेठ

रौतहटको माधवनारायण नगरपालिकाको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण कार्य सम्पन्न भएको छ । सोही नगरपालिकाका नगर प्रमुख वैजनाथप्रसाद यादवले जग्गा दान दिएपछि नगरपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण भएको हो । विगत नौ वर्षदेखि भाडाको घरमा रहेको नगरपालिकाको कार्यालय यस वर्ष भने आफ्नै भवनमा सरेको छ । भवन निर्माणका लागि नगरप्रमुख यादवले माधवनारायण नगरपालिका–६ माधोपुर बजारमा आफ्नो नामको पाँच कठ्ठा र आफैँले सञ्चालन गरेको मठको नाममा रहेको पाँच कठ्ठा जमिन नगरपालिकाको भवन निमार्णका लागि उहाँले दान गर्नुभएको थियो । नगर प्रमुख यादवले १० कठ्ठा जग्गा नगरपालिकाका नाममा दर्ता गराएर प्रशासनिक भवन निर्माण गरिएको बताउनुभयो । सोही भवनबाट नगरपालिकाको सम्पूर्ण सेवा प्रवाह हुँदै आएको छ । उक्त प्रशासनिक भवनबाट सबै विषयगत शाखा, प्राविधिक, कार्यसमितिलगायत सेवा एउटै स्थानबाट सञ्चालन भइरहेको छ । नगर प्रमुख यादवले नगरको दीर्घकालीन विकास र सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले जग्गा दान गरेको बताउनुभयो । उक्त भवन माधवनारायण नगरपालिकाले करिब रु ६ करोड र सहरी विकाश मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट आधा अनुदान रु ६ करोडको लागतमा निर्माण सम्पन्न भएको नगरपालिकाका इन्जिनियर नागेन्द्र यादवले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिकेश रेग्मीले नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य रहेको बताउनुभयो । प्रशासनिक भवन आफ्नै पालिकाको हुँदा पालिकाको प्रशासनिक काम गर्न सहज हुने उहाँले बताउनुभयो । यसैबीच चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन नहुँदा काम कारबाहीमा समस्या आएको छ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नगरपालिकाको भवन जलाइदिएपछि अहिले चन्द्रपुर नगरपालिकाकाको कामकाज भाडाको घरबाट जारी छ । भवन पुनःनिर्माणका लागि प्राविधिक काम भइरहेको नगर प्रमुख सञ्जयकुमार काफ्लेले बताउनुभयो ।

प्रकाशित : ५ जेष्ठ २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६