ब्रेकिंग न्युज

तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो



ताप्लेजुङ, ९ जेठः तमोर करिडोरअन्तर्गत ताप्लेजुङ र पाँचथर जोड्ने तमोर नदीमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । शुक्रबारदेखि परेको वर्षासँगै आएको बाढीले आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिन (ताप्लेजुङ) र पाँचथरको हिलिहाङ गाउँपालिकाको आङ्बुङ जोड्ने उक्त पुल बाढीले बगाएको हो ।करिब आठ वर्षअघि निर्माण सुरु गरिएको उक्त पुलको हालसम्म करिब ४० देखि ४५ प्रतिशत भौतिक प्रगति भएको थियो । एक सातादेखि पुलको ट्रस जडानको काम भइरहेको अवस्थामा ट्रस संरचना र निर्माणस्थलमा रहेका अन्य सामग्रीसमेत बाढीले बगाएको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले जानकारी दिनुभयो । गाउँपालिकाको टोलीले उक्त ठाउँमा पुगेर आज स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । एमएस सपना याक्थुङ जेभी निर्माण कम्पनीले २०७४ सालमा रु २२ करोड पाँच लाख ७७ हजार ८९० लागतमा पुल निर्माणको सम्झौता गरेर काम गरिरहेको थियो ।

प्रकाशित : १० जेष्ठ २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६