अर्थ-वाणिज्य

सशस्त्र प्रहरीलाई ‘डेडिकेटेड व्यावसायिक फोर्स’ मा रुपान्तरण गरिने



काठमाडाँै, १५ जेठ

सरकारले सशस्त्र प्रहरी बल नेपाललाई अन्तरराष्ट्रिय सीमा सुरक्षाको ‘डेडिकेटेड व्यावसायिक फोर्स’का रूपमा विकास गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवकाशको सेवाअवधि र निवृत्तभरण सुरु हुने अवधिका बीचमा रहेको विद्यमान अन्तर पुनरावलोकन गर्ने विषयमा अध्ययन गरिने घोषणा गर्नुभयो । नेपाल प्रहरीको अनुसन्धान र अभियोजन प्रक्रियालाई प्रभावकारी बनाउन प्रविधिको प्रयोगमा जोड दिइने तथा विधिविज्ञान प्रयोगशाला, अनुसन्धानमा कृत्रिम बुद्धिमत्ताको प्रयोग तथा भौतिक पूर्वाधार विकासमा लगानी वृद्धि गरिने बजेटमा उल्लेख छ । बजेटमा नेपाली सेनाका जवानको आवास स्तरोन्नति कार्यक्रमलाई निरन्तरता दिन रु दुई अर्ब विनियोजन गरिएको छ । कारागारको सुदृढीकरण, क्षमता विस्तार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गरी सुधारगृहका रूपमा रूपान्तरण गर्दै लगिने बजेटमा उल्लेख छ । विपद् प्रतिकार्यमा संलग्न जनशक्ति र स्वयंसेवकको क्षमता विकास गर्ने तथा विपद्पश्े क्षतिपूर्ति, राहत र पुनर्निर्माणका लागि बीमालगायत जोखिम हस्तान्तरणका उपकरणको विस्तार गर्ने विषय बजेटमा समेटिएको छ । बजेट वक्तव्यमा राष्ट्रिय सुरक्षा नीति, २०७५ को पुनरावलोकन र ऐतिहासिक गढी र किल्ला संरक्षण गरी पर्यटनसँग आबद्व गर्ने सङ्कल्प गरिएको छ । –––

प्रकाशित : १५ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६