कपिलवस्तु, असार १०
कपिलवस्तु नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगर प्रमुख सुदीप पौडेलले २०औँ नगर सभाको प्रथम अधिवेशनमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उक्त बजेट प्रस्तुत गर्दै विकास, सेवा प्रवाह र समृद्धिलाई केन्द्रमा राखेर कार्यक्रमहरू सञ्चालन गरिने बताएका छन्।
नगरसभामा प्रस्तुत बजेटले स्थानीय तहको विकास यात्रालाई थप व्यवस्थित, योजनाबद्ध र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ। संघीय संरचना अनुसार स्थानीय सरकारको जिम्मेवारी बढ्दै गएको सन्दर्भमा नगरपालिकाले उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै जनताका आधारभूत आवश्यकता सम्बोधन गर्ने लक्ष्य लिएको देखिन्छ।

नगर प्रमुख पौडेलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ, रोजगार प्रवद्र्धन तथा सुशासनका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाइएको छ। बजेटको प्रभावकारी कार्यान्वयन हुन सकेमा नगरवासीको जीवनस्तर सुधार, उत्पादन वृद्धि तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्थानीय सरकारको सफलता बजेटको आकारले मात्र होइन, त्यसको कार्यान्वयन क्षमताले निर्धारण गर्ने भएकाले आगामी वर्ष नगरपालिकाले पारदर्शिता, उत्तरदायित्व र परिणाममुखी कार्यशैलीमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। विकास निर्माणका योजनाहरू समयमै सम्पन्न गर्ने, नागरिकमैत्री सेवा प्रवाह सुनिश्चित गर्ने तथा स्रोतको सदुपयोग गर्ने चुनौती नगरपालिकासामु रहनेछ।

नगरसभाको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तव, नगरपालिकाका सल्लाहकार डा. अतुल रसीद खान, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले आगामी आर्थिक वर्षको बजेटले नगरको समग्र विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्।

कपिलवस्तु नगरपालिकाले सार्वजनिक गरेको १ अर्ब ३२ करोड ६६ लाख ३४ हजार रुपैयाँको बजेट स्थानीय विकासको मार्गचित्रका रूपमा रहेको छ। अब यसको प्रभावकारिता योजनाको गुणस्तरीय कार्यान्वयन, वित्तीय अनुशासन र जनउत्तरदायी शासन प्रणालीमा निर्भर रहनेछ। नगरवासीले अनुभूति गर्ने गरी विकासका प्रतिफल प्राप्त गराउन सकेमा यो बजेट समृद्ध कपिलवस्तु निर्माणतर्फको महत्वपूर्ण आधार बन्न सक्ने देखिन्छ।
बजेटको आकार उल्लेखनीय भए पनि यसको सफलता पारदर्शी, प्रभावकारी र परिणाममुखी कार्यान्वयनमा निर्भर रहनेछ। नगरपालिकाले विकास र सेवा प्रवाहलाई जनस्तरसम्म पु¥याउन सकेमा आगामी वर्ष कपिलवस्तुको विकास यात्रामा नयाँ गति थपिने अपेक्षा गरिएको छ।









प्रतिक्रिया