ब्रेकिंग न्युज

सामुदायिक वनको सामाजिक उत्तरदायित्व

पिपरा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग, सेवाको गुणस्तर सुधारमा टेवा



कपिलवस्तु २४ असार

बाणगंगा नगरपालिका–१ स्थित पिपरा अस्पतालले पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त स्वास्थ्य सामग्रीप्रति आभार व्यक्त गरेको छ। सामुदायिक वनले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालको आग्रह अनुसार अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।
समितिले अस्पताललाई बिरामीको उपचार तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक इन्स्ट्रुमेन्ट ट्रली (क्ष्लकतचगmभलत त्चयििभथ) हस्तान्तरण गरेको जनाएको छ। उक्त सामग्रीले स्वास्थ्य संस्थाको दैनिक सेवा सञ्चालनमा सहजता ल्याउनुका साथै उपचार सेवाको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अस्पतालको विश्वास छ।
अस्पतालले सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गर्दै स्थानीय समुदायको स्वास्थ्य सेवा सुदृढ बनाउन सामुदायिक संस्थाहरूको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको छ। अस्पतालले आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ।
सामुदायिक वन उपभोक्ता समितिहरू वन संरक्षणमा मात्र सीमित नभई शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामाजिक विकासका क्षेत्रमा समेत योगदान पु¥याउँदै आएका छन्। पिपरा कोठी महिला सेवा सामुदायिक वन उपभोक्ता समितिले अस्पताललाई गरेको यो सहयोगले सामुदायिक संस्थाहरू स्थानीय विकासका भरपर्दा साझेदार हुन् भन्ने सन्देश दिएको छ।
स्थानीय स्रोत र संस्थाहरूको सहकार्यबाट स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि हुने, सेवाग्राहीले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने तथा समुदायमा सहयोग र सामाजिक उत्तरदायित्वको भावना अझ सुदृढ बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित : २४ असार २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६