ब्रेकिंग न्युज

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



कञ्चनपुर, २५ असार

कञ्चनपुरलाई आज ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौवटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला खोप सुनिश्चितता समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नुहँुदै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगबाट सुरक्षित राख्न महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले घोषणा केवल उपलब्धिमा सीमित नरही आगामी दिनमा पनि नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार जिल्लाभर रहेका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका आठ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ । यस्तै, विगतमा खोप लगाउन छुटेका १३८ जना बालबालिकालाई पनि बिसिजी, पेन्टाभ्यालेन्ट, ओपिभी, पिसिभी, रोटा, एफआइपिभी, दादुरा–रुबेलालगायतका आवश्यक खोप लगाइएको उहाँले बताउनुभयो । जन्मेदेखि ११ महिनासम्मका सात हजार ९८८, ११ देखि २३ महिनासम्मका सात हजार ८७७ बालबालिका, नौ हजार ४२७ गर्भवती महिला तथा २४ देखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकाले आवश्यक खोप प्राप्त गरिसकेका कोल्डचेन अधिकृत कुँवरले बताउनुभयो । कार्यक्रममा खोप अभियानलाई प्रभावकारी बनाउन योगदान पु¥याएका विभिन्न पालिकाका खोप सहजकर्ता तथा स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : २५ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६