ब्रेकिंग न्युज

सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा



गोरखा, २४ असार

गोरखाको पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामुहिक दुर्घटना बिमा गरेको छ । नगरभित्रका विद्यालयमा अध्ययनरत चार हजार ५८२ जना विद्यार्थीको दुर्घटना बिमा गरिएको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो । ‘‘विद्यार्थीको स्वास्थ्य सुरक्षा र दुर्घटनाबाट हुनसक्ने आर्थिक जोखिमलाई ध्यानमा राखेर सामुहिक बिमा कार्यक्रम सुरु गरिएको हो,” उहाँले भन्नुभयो, ‘‘यसबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी लाभान्वित हुनेछन् ।” विद्यार्थीलाई बिमाको दायरामा ल्याउन नगरपालिका र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सबीच सम्झौता भएको नगरप्रमुख चिन्तनले बताउनुभयो । नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सम्भावित दुर्घटना र त्यसबाट पर्नसक्ने आर्थिक जोखिम न्युनीकरणका लागि बिमा कार्यक्रम लागू गरिएको स्पष्ट पारेको छ । यसबाट सामुदयिक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन मद्दत पुग्ने नगरप्रमुख चिन्तनको भनाइ छ ।

प्रकाशित : २५ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६