ब्रेकिंग न्युज

‘अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ’



काठमाडौँ, २५ असार

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले अनुसन्धान प्रक्रियालाई प्रयोगशालामा मात्रै सीमित नराखी किसानको खेतबारीसम्म पु¥याउन निर्देशन दिनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का नवनियुक्त वरिष्ठ वैज्ञानिक तथा वैज्ञानिकलाई नार्कद्वारा बुधबार आयोजित नवनियुक्त वैज्ञानिकको अभिमुखीकरण कार्यक्रम तथा राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैङ्क)को अनुगमनका क्रममा उहाँले कृषि अनुसन्धानको प्रत्यक्ष प्रभाव किसानको उत्पादन, उत्पादकत्व र जीवनस्तरमा देखिनुपर्ने बताउनुभयो । उहाँले वैज्ञानिकको भूमिका केवल कार्यालय वा प्रयोगशालामा सीमित रहन नहुने स्पष्ट पार्नुभयो । “तपाईंहरू पुग्ने प्रत्येक अनुसन्धान केन्द्र र किसानको खेत नै जीवित प्रयोगशाला हो । किसानका समस्या पहिचान गरेर वैज्ञानिक समाधान दिनु नै तपाईंहरूको मुख्य जिम्मेवारी हो,” मन्त्री चौधरीले भन्नुभयो । उहाँले अनुसन्धानको प्रतिफल किसानसम्म नपुगेसम्म त्यसको वास्तविक अर्थ नहुने उल्लेख गर्दै प्रदेश तथा स्थानीय सरकार, विश्वविद्यालय, निजी क्षेत्र र किसानसँगको सहकार्यलाई अझ जीवन्त बनाउन आग्रह गर्नुभयो ।

प्रकाशित : २५ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६