ब्रेकिंग न्युज

राष्ट्रियसभाः ‘सहकारी (पहिलो संशोधन) विधेयक’ पारित



काठमाडौँ, २५ असार

राष्ट्रियसभाको आजको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ । विधेयकमाथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले समितिमा आएका संशोधन र मननीय सुझावप्रति धन्यवाद दिनुभयो । विधेयकमाथि छलफलमा डा प्रेम दङ्गालले संशोधनकर्ता सदस्यका विषयलाई सरकारले स्वीकार गरेकामा धन्यवाद दिनुभयो । —

Powered By  Orson Infotech

प्रकाशित : २५ असार २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६