कीर्तिपुर (काठमाडौँ), २६ असार
ज्ञान, सभ्यता र अनुसन्धानको केन्द्रका रुपमा परिचित चीन र दक्षिण एसियाली क्षेत्रका विज्ञबीच ज्ञान र अनुन्धानका क्षेत्रमा सहकार्य हुनुपर्ने धारणा व्यक्त गरिएको छ । यस भूमिमा प्रतित्पादित नविनतम ज्ञान र विकसित अवधारणाबाट समग्र क्षेत्रका जनता लाभान्वित हुनुपर्ने धारणा व्यक्त गर्दै विज्ञहरूले सोध, अनुसन्धानसहित अभिलेखीकरणमा जोड दिनुभएको हो । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय सम्बन्ध (आइआर) तथा कूटनीतिक विभागमा आज यहाँ भएको विचार विमर्श कार्यक्रममा विज्ञहरूले विकासको दीर्घकालीन आधार ज्ञान र खोज रहेकाले त्यसबाट लाभान्वित हुनसक्नुपर्ने बताउनुभयो । सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राडा खडक केसी, दिल्ली विश्वविद्यालयका ‘इस्ट एसिया स्टडीज’ विभागका प्राध्यापक डा राजीव रञ्जन र चीनस्थित सिच्वान युनिभर्सिटीका स्कलर प्रसान्तकुमार विकबीच दक्षिण एसिया र चीनको भू–राजनीतिबारे विचार विमर्श गर्नुभएको थियो ।










प्रतिक्रिया