ब्रेकिंग न्युज

प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान



काठमाडौँ, २७ असार

संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट सिफारिस गरिएका व्यक्तिहरूको नियुक्ति उपयुक्त छैन भन्ने कसैसँग ठोस आधार, प्रमाण वा सूचना भए १० दिनभित्र समितिमा उजुरी दिन आग्रह गरेको हो । सूचनाअनुसार प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका मानबहादुर कार्की (मोरङ) तथा निर्वाचन आयुक्तहरुमा सिफारिस गरिएका डा राजीव सुब्बा (काठमाडौँ) र गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) विरुद्ध प्रमाणसहित नेपाली वा अङ्ग्रेजी भाषामा उजुरी दिन सकिनेछ । उजुरीमा उजुरीकर्ताको नाम, थर, ठेगाना, फोन नम्बर र स्पष्ट खुल्ने गरी जिल्ला उल्लेख गर्नुपर्नेछ । उजुरी दिँदा आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने समितिले जनाएको छ । समितिका अनुसार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा बुझाउन वा जिल्ला प्रशासन कार्यालयमार्फत दस्तुरबिनै पठाउन सकिनेछ । समितिले उक्त सूचना पहिलो पटक असार २६ गते प्रकाशित गरेको जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा यही असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले उहाँहरुलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : २७ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६