ब्रेकिंग न्युज

समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजारभन्दा बढी लाभान्वित



धरान (सुनसरी), २७ असार

सुनसरीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी भएको पाइएको छ । चालु आर्थिक वर्षको असार २४ गतेसम्म सञ्चालन भएका ६६५ समुदाय–प्रहरी साझेदारी कार्यक्रमबाट २१ हजार ३९० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । सोही अवधिमा अपराध अनुसन्धान, शान्तिसुरक्षा, फैसला कार्यान्वयन, विपद् व्यवस्थापन, उजुरी फछर्यौट तथा प्रविधिमैत्री सेवा प्रवाह पनि प्रभावकारी रूपमा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका प्रमुख केशवकुमार थेबेले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत अपराध नियन्त्रण, चेतना अभिवृद्धि तथा प्रहरी र समुदायबीचको सम्बन्ध सुदृढ बनाउन सफलता मिलेको बताउनुभयो । लागुऔषध ओसारपसार नियन्त्रण, ‘साइबर’ अपराध, घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रण, मानव बेचबिखन, बालविवाह तथा बाल यौन दुव्र्यवहारविरुद्ध ७२ विद्यालयमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रमबाट चार हजार १८५ विद्यार्थी लाभान्वित भएका छन् । सो अवधिमा रु. तीन करोड ४८ लाख ९१ हजार ५११ राजस्व सङ्कलन गरिएको छ । नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार नियन्त्रणबाट रु. आठ लाख ४४ हजार ९०० राजस्व असुली गरिएको छ । सवारी नियम पालना नगर्ने सवारीचालकबाट रु. तीन करोड ५७ लाख ३६ हजार ४११ राजस्व सङ्कलन भएको बताउनुभयो । यसैगरी, प्रशासनसमक्ष परेका उजुरीमध्ये चार हजार २६८ चार हजार १२४ वटा निरुपण गरिएको छ । फरार रहेका ६७१ प्रतिवादीमध्ये चार सय ८० जनालाई पक्राउ गरी अदालतको निर्णय कार्यान्वयन भएको छ ।

प्रकाशित : २७ असार २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६