ब्रेकिंग न्युज

पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम



जनकपुरधाम, ३० असार

जनकपुरधाम उपमहानगरपालिकाले सफा, स्वच्छ, सुन्दर नगर बनाउने उद्देश्यका साथ आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । उपमहानगरपालिको १५औँ नगरसभामा सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरप्रमुख मनोजकुमार साहले ‘स्वच्छ, सुशासित, समृद्ध पर्यटकीय तथा सांस्कृतिक जनकपुरधाम’को परिकल्पनालाई साकार पार्न पर्यटकीय पूर्वाधार विकासमा जोड दिने घोषणा गर्नुभयो । आगामी आर्थिक वर्ष शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्नुहुँदै नगरप्रमुख साहले अधुरा योजना सम्पन्न गरिने बताउनुभयो । यस्तै जनकपुरधाम उपमहानगरपालिकाले आगामी आवका लागि रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गरेको छ । नगरसभामा वडा नं १६ का वडाध्यक्ष रामचन्द्र पञ्जियारले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ रु एक अर्ब ४२ करोड ७७ लाख नौ हजार र पुँजीगततर्फ रु एक अर्ब २२ करोड २२ लाख ५३ हजार विनियोजन गरिएको छ । गरी रु दुई अर्ब ६५ करोड २० लाख ३२ हजारको बजेट प्रस्तुत गर्नुभयो । प्रस्तुत बजेटमा आर्थिक विकासतर्फ रु पाँच करोड ९४ लाख ५४ हजार ४०८ र सामाजिक विकासतर्फ रु ८३ करोड २८ लाख ९८ हजार सात सय ६२ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ रु ९१ करोड २२ लाख ७८ हजार आठ सय ३०, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि रु ३१ करोड ७४ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ रु ५३ करोड रकम विनियोजन गरेको वडाध्यक्ष पञ्जियारले जानकारी दिनुभयो । —

प्रकाशित : ३० असार २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६