कर्णाली

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह



सुर्खेत, ६ साउन

मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह गरेको छ । कार्यालयले मङ्गलबार सरोकारवाला र पत्रकारसँग अन्तरक्रिया गर्दै कर्णाली प्रदेशमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएकाले यसको रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको जनाएको हो । कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान नदिँदा समाज र परिवारमा गम्भीर असर पर्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य समस्या र आत्महत्याका घटना न्यूनीकरणका लागि सबैले समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो । सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सकारात्मक सोच, आत्मसम्मान र जीवनका चुनौतीसँग सामना गर्ने क्षमता विकास गर्नुपर्ने बताउनुभयो । उहाँले मानसिक समस्या देखिएका व्यक्तिलाई सहयोग गर्न र आवश्यक परे आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाइन ११६६ प्रयोग गर्न आग्रह गर्नुभयो । साथै स्थानीय तह र विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । यसैबीच फरक एक प्रसङ्गमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेङ्गु रोगबाट बच्न घरआँगन सफा राख्न, पानी जम्न नदिन र लामखुट्टेको बासस्थान नष्ट गर्न आग्रह गर्नुभयो । –––

Powered By  Orson Infotech

प्रकाशित : ६ श्रावण २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६