अर्थ-वाणिज्य

बाढीको वितण्डा : डेढ दर्जन विद्यालयमा क्षेती, २ सयबढी विद्यार्थी बेपत्ता



रसुवा १५ भदौ
तीन जिल्लामा ठूलो मानविय तथा भौतिक क्षेती निम्ताएको विनाशकारी बाढीले करिव डेढ दर्जन बिद्यालयमा क्षेती पुराउनुका साथै २ सय बढी विद्यार्थी बेपत्ता पारेकोछ । प्रभावित स्थानमा ठूलो धनजनको क्षतिसँगै विद्यालयमा पढ्दै गरेका विद्यार्थी किताब, कापीकलम, झोला नै छाडेर भाग्न बाध्य भएका थिए ।ती किताब झोला स्कुलभित्रै हिलाम्मे छन्। केही बाढीले बगाइसक्यो ।अहिले विद्यार्थीहरू धादिङको बैरेनीस्थित बागेश्वरी माध्यमिक विद्यालयभित्र हिलाम्मे भएका झोला किताब लिन जान थालेका छन्। गत बुधबार आएको बाढीले तीन जिल्ला (रसुवा, नुवाकोट र धादिङ) का २३ विद्यालय बाढी प्रभावित क्षेत्रका सूचीमा आएकोमा कुल १६ विद्यालयमा क्षति पुगेको छ।अन्य विद्यालय सुरक्षित छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार यो हिजो साँझसम्म आएको प्राप्त जानकारी अनुसारको तथ्यांक हो। बाढीले यी तीन जिल्लाका ७ वटा निजी विद्यालयमा क्षति भएको छ भने बाँकी सबै सामुदायिक विद्यालय परेका छन्। ९ वटा विद्यालय पूर्ण क्षति भएका छन् भने बाँकी विद्यालयमा आंशिक क्षति पुगेको छ।
यता केरुङमा रहेका रझन्डै १ हजार जना नेपालीलाई वैकल्पिक मार्गबाट काठमाडौ ल्याइने परराष्ट्रमन्त्री शिसिर खनालले वताउनु भएकोछ । परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताउनुभएको हो । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गे पुग्नुभएका उहाँले प्रारम्भिक जानकारी अनुसार केरुङमा झन्डै १ हजार जना नेपाली रहेका बताउनुभयो । उनीहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउने मन्त्री खनालको भनाइ छ ।यस्तै सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उहाँले जानकारी दिनुभयो ।मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको उल्लेख गर्नुभयो ।

प्रकाशित : १५ भाद्र २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६