ब्रेकिंग न्युज

कक्षाकोठा भन्दा बाहिर विज्ञान सिक्दै विद्यार्थीप्रकृति अवलोकन मार्फत वन पारिस्थितिक प्रणाली बारे प्रयोगात्मक ज्ञान



प्रेसपाटी १८ भदौ

विज्ञान विषयलाई कक्षाकोठा र पाठ्य पुस्तकमा सीमित नराखी व्यवहारिक तथा प्रयोगात्मक रूपमा सिकाउने उद्देश्यले कक्षा ११ विज्ञान क्अष्भलअभ का विद्यार्थीहरूले प्रयोगात्मक अध्ययन तथा अवलोकन गरेको लुम्बिनी क्याम्पसले जनाएको छ ।
विद्यार्थीहरूले प्राकृतिक वातावरणमै पुगेर रूख–बिरुवा, जैविक विविधता तथा कुहिने–गल्ने प्रक्रियाको प्रत्यक्ष अवलोकन गरेका थिए।

अध्ययनका क्रममा वनमा रहेका जीवित तथा कुहिँदै गरेका जैविक अवयवहरूले पारिस्थितिक प्रणालीको सन्तुलन कायम राख्न खेल्ने भूमिकाबारे विद्यार्थीहरूले व्यवहारिक ज्ञान हासिल गरेको क्याम्पस प्रमुख सुन्दर पाण्डेले बताउनु भयो । प्रयोगात्मक सिकाइले विद्यार्थीलाई पुस्तकमा पढेका वैज्ञानिक अवधारणालाई वास्तविक वातावरणसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी वन पारिस्थिति प्रणालीमा प्रत्येक जीवित र मृत जैविक तत्वको आ–आफ्नै भूमिका हुने र तिनबीचको अन्तर सम्बन्धले समग्र वातावरणीय सन्तुलन कायम राख्ने विषयलाई विद्यार्थीहरूले प्रत्यक्ष अनुभव मार्फत बुझ्ने अवसर पाएको क्याम्पस प्रमुख पाण्डेको भनाइ रहेको छ ।


यस्ता गतिविधिले विद्यार्थीमा अवलोकन गर्ने क्षमता, वैज्ञानिक सोच, अनुसन्धानप्रतिको रुचि र वातावरण संरक्षणप्रतिको जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने देखिन्छ।


विद्यालयले विद्यार्थीहरूलाई प्रयोगात्मक तथा व्यवहारिक सिकाइमा निरन्तर सहभागी गराउँदै विज्ञान शिक्षालाई जीवन र वातावरणसँग जोड्ने प्रयास गरेको जनाएको छ। प्रयोगात्मक सत्रपछि विद्यार्थीहरूलाई प्रोत्साहन गर्दै आयोजक पक्षले उनीहरूको सक्रिय सहभागिताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सिकाइ गतिविधिलाई निरन्तरता दिन आग्रह गरेको छ।
‘विज्ञान किताबमा मात्र होइन, हाम्रो वरिपरिको प्रकृति र जीवनमै छ’ भन्ने सन्देश यस प्रयोगात्मक सत्रले दिएको क्याम्पस प्रमुख पाण्डेको भनाई रहेको छ।

प्रकाशित : १८ भाद्र २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६