ब्रेकिंग न्युज

नगरपालिकाकी नगर प्रमुख साहले प्रधानमन्त्री बालेन सङग मागिन लालबकैयामा गाडनेको सुची



रौतहट ३० भदौ । रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साहले प्रधानमन्त्री शाहलाई सम्बोधन गर्दै मागिन लालबकैयामा गाडनेको सुची मागेकी छन। नगरपालिका प्रशासनिक तथा आर्थिक संकटमा परेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएकी उनले गाडने क-कसलाइ भनेर सल्लाह मागेकी छन ।
मधेसका चर्चित नेता प्रभु शाह पत्नी रहेकी रिनाले पाँचबुँदे अपिलमा साहले कर्मचारीको तलब, जनप्रतिनिधिको सुविधा, विकास आयोजनाको भुक्तानी, विद्युत् महसुल, सरसफाइ तथा नगरपालिकाको दैनिक सेवा सञ्चालनमा समस्या उत्पन्न भएको उल्लेख गरेकी छन्।साहले संघीय सरकारको हस्तक्षेप र समयमा प्रमुख प्रशासकीय अधिकृत नखटाउँदा नगरपालिका हाकिमविहीन बनेको तथा प्रशासनिक कामकारबाही प्रभावित भएको बताएकी छन्। उनले मौलापुरलाई तत्काल स्थायी प्रमुख प्रशासकीय अधिकृत उपलब्ध गराउन प्रधानमन्त्री शाहसँग माग गरेकी छन्।उनले प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सफाइ कर्मचारीको तलब एक साताभित्र भुक्तानी नभए सम्बन्धित व्यक्तिलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिएको प्रसंगसमेत उल्लेख गरेकी छन्।

‘तपाईं महानगरका नगर प्रमुख हुँदा सफाइ कर्मचारीहरूको तलब भुक्तानी एक हप्ताभित्र नभए सबैलाई टुकुचामा गाडिदिने अभिव्यक्ति दिनुभएको थियो,उनले अपिलमा लेखेकी छन्, मेरा कर्मचारीहरूको तलब दुई महिनादेखि आठ महिनासम्म, जनप्रतिनिधिहरूको सुविधा चार महिना र वडा सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन बाँकी रहेको छ। यसका लागि कस–कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ।’नगर प्रमुख साहले नयाँ सरकार गठनपछि मौलापुर नगरपालिकामा प्रशासनिक अवरोध सुरु भएको र अघिल्ला वर्षमा नगरपालिकाले ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति हासिल गर्दै आएको बताइन्।

साथै समयमा प्रमुख प्रशासकीय अधिकृत उपलब्ध नगराइँदा असार मसान्तभित्र सम्पन्न हुनुपर्ने १०औँ नगरसभा र बजेट पारित गर्ने प्रक्रिया प्रभावित भएको उनको भनाइ छ।प्रशासकीय अधिकृतबिना आर्थिक वर्ष २०८२।८३ मा नगरपालिकाको बजेट खर्च ५० दशमलव ६८ प्रतिशतमा मात्र सीमित भएको र करोडौं रुपैयाँ बजेट फ्रिज हुने अवस्था सिर्जना भएको उनले भनाइ छ।

प्रकाशित : ३० भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६