ब्रेकिंग न्युज

विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद



काठमाडौँ, ७ असोज

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७२० प्याकेट चुरोट तथा जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ बरामद गरिएको छ । बरामद गरिएका ती चुरोट तथा सुर्तीजन्य पदार्थलगायतका बस्तु आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी दिइएको छ । विमानस्थलको सुरक्षा व्यवस्थालाई थप चुस्त तुल्याउँदै अवैधवस्तुको ओसारपसार तथा निकासी नियन्त्रणका लागि नियमित तथा सघन सुरक्षा जाँचलाई निरन्तरता दिइने प्रवक्ता सिलवालले बताउनुभयो । श्रोत रासस

प्रकाशित : ७ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६