खोज–अनुसन्धान

बाणगंगाको बाढीमा हाम फालेका ५४ वर्षीय पुरुष अझै बेपत्ता



कपिलवस्तु ८ असोज । बाणगंगा नदीमा आएको बाढीमा हाम फालेका एक पुरुष समाचार तयार पार्दासम्म बेपत्ता छन्। बाणगंगा नगरपालिका–क्षेत्रमा राजमार्गस्थित पुलको उत्तरी किनारावाटतर्फबाट आएको बाढीमा हाम फालेका बोडगाउँ नजिकको करोडपति गाउँ तथा मधुवन क्षेत्रका स्थानीय ५४ वर्षीय नारायण बेल्वासे बेपत्ता भएका हुन्।प्रत्यक्षदर्शीका अनुसार बेल्वासेले नदी किनारमा आफूले लगाएको टिसर्ट, हाफपाइन्ट र चप्पल खोलेर राखेपछि बाढीमा हाम फालेका थिए। घटनापछि स्थानीयले खोजी गरे पनि उनलाई फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरिएको थियो।घटना शुक्रवार ३ वजेपछिको हो ।

घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय पिपराको टोलीले नदी किनारबाट बेल्वासेले खोलेर राखेका कपडा तथा चप्पल फेला पारेको जनाएको छ। घटनाको प्रकृति हेर्दा उनी बाढीको तीव्र बहावमा बगेको हुन सक्ने आशंका गरिएको छ।बेपत्ता बेल्वासेको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोली परिचालन गरिएको छ। नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय पिपराकी प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले नदीको सम्भावित क्षेत्रमा खोजी गरिरहेको भए पनि समाचार तयार पार्दासम्म बेल्वासेको अवस्था पत्ता लाग्न सकेको छैन।स्थानीयका अनुसार बेल्वासे प्रायः मदिरा सेवन गरेर हिँडडुल गर्ने गरेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै सम्भावित स्थानमा खोजी कार्यलाई निरन्तरता दिएको जनाएको छ।

प्रकाशित : ९ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६