ब्रेकिंग न्युज

लुम्बिनी भिजन कलेजको बीबीएसमा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण



दुर्गा थापाको ७३.८ प्रतिशत अंक सहित ८ जना प्रथम श्रेणीमा

बाणगंगा, कपिलवस्तु, १० असोज

लुम्बिनी भिजन कलेज, बाणगंगा–३, कपिलवस्तुले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित बीबीएस चौथो वर्षको परीक्षामा उत्साहजनक नतिजा हासिल गरेको छ। परीक्षामा सहभागीमध्ये ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ८ जना विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्।


सहायक क्याम्पस प्रमुख मनोज खत्रीका अनुसार प्रथम श्रेणीमा उत्तीर्ण हुने विद्यार्थी मध्ये दुर्गा थापाले ७३.८ प्रतिशत अंक प्राप्त गरेकी छन्।
क्याम्पस प्रमुख सुन्दर पाण्डेले प्राप्त नतिजा विद्यार्थी, प्राध्यापक तथा अभिभावकको निरन्तर मेहनत, सहकार्य र शैक्षिक वातावरणको परिणाम भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि विद्यार्थीको सिकाइ उपलब्धि र शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राखिने बताउनुभयो।

क्याम्पस प्रशासनले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। साथै, विद्यार्थीको सफलतामा योगदान पु¥याउने प्राध्यापक, अभिभावक तथा कलेज व्यवस्थापन प्रति आभार व्यक्त गरेको छ।क्याम्पसले गुणस्तरीय शिक्षा, व्यावहारिक ज्ञान र विद्यार्थीको समग्र क्षमता विकासलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। पछिल्लो नतिजाले बीबीएस कार्यक्रमको शैक्षिक उपलब्धि थप सुदृढ भएको देखाएको क्याम्पसका सिइओ कृष्ण केसीले बताउनु भयो।

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६