गण्डकी

तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै



नवलपुर (नवलपरासी), १० असोज

गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । नदीमा पानीको बहाब बढी हुँदा नदीको बाढी बस्तीमा पस्ने जोखिम बढेपछि नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो । जिल्लाको गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले नदी तटीय क्षेत्रका नगरवासीलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो । गैँडाकोट-२, ५, ६, ७ र ९ वडा नदी तटीय क्षेत्रमा पर्ने जनाउँदै उहाँले नदी प्रभावितलाई झटपट झोलासहित सुरक्षित स्थानमा जान आग्रह गरिएको बताउनुभयो । गैँडाकोट-२ का वडाध्यक्ष प्रकाश सापकोटाले गैँडाकोट पुलचोकका बासिन्दालाई माथिल्लो स्थानमा सारिएको जनाउँदै नदी किनारमा माइकिङ गरेर सूचना पवाह गर्ने काम भइरहेको बताउनुभयो । नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले नदी किनारमा नजान आग्रह गरिएको बताउँदै घर जोखिममा परेकाहरूलाई सुरक्षित स्थानतर्फ लैजानका लागि वडाले सहजीकरण गरिरहेको जानकारी दिनुभयो ।

प्रकाशित : १० आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६