खोज–अनुसन्धान

स्वच्छ चुल्हो जडान अभियानमा जोडिन नगरवासीलाई आग्रह



कपिलवस्तु १४ असोज
बाणगंगा नगरपालिकाले स्वच्छ चुलो प्रवद्र्धन कार्यक्रमअन्तर्गत नगरवासीका लागि आवेदन खुला गरेको छ। नगरपालिका ले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई तोकिएको फारम भर्न आग्रह गरेको हो।बाणगंगा नगरपालिका, हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहकार्य तथा उपभोक्ताको लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा महिला घरमूली, एकल महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा न्यून आय भएका परिवारलाई प्राथमिकता दिइनेछ।यसअघि विद्युतीय चुलो, तह–३ सुधारिएको चुलो वा बायोग्यास सुविधा पाइसकेका परिवारले भने पुनः फारम भर्न नपाउने नगरपालिकाले जनाएको छ। फारमसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य बुझाउनुपर्नेछ।कार्यक्रमअन्तर्गत चुलो खरिद तथा जडानमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र हरित जलवायु कोषले ४०÷४० प्रतिशत, स्थानीय तहले १५ प्रतिशत र उपभोक्ताले ५ प्रतिशत लागत व्यहोर्ने व्यवस्था गरिएको छ। चुलो बाणगंगा नगरपालिका क्षेत्रभित्रै प्रयोग गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित : १४ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६