खोज–अनुसन्धान

चण्डेश्वरीमा देवी भागवत ज्ञान महायज्ञ र आध्यात्मीक उत्सव हुँदै



कपिलवस्तु १४ असोज
कपिलवस्तुको बाणगंगा नगरपालिका–४ ठाकुरापुरस्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमद् देवीभागवत ज्ञान महायज्ञसँगै अध्यात्मिक उत्सव आयोजना हुने भएको छ।नवनिर्मित मन्दिरमा दुर्गा भगवतिको प्राणप्रतिष्ठा तथा अक्षयकोष स्थापना गर्ने उद्देश्यले असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म महायज्ञ सञ्चालन गर्न लागिएको आयोजक चण्डेश्वरी दुर्गा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । महायज्ञमा भक्तजन, धर्मप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा धार्मिक आस्थावान् व्यक्तिहरूलाई सहभागी भई पुण्यलाभ लिन आयोजक समितिले निमन्त्रणा गरको छ ।महायज्ञमा बिहान ७ बजेदेखि ११ः३० बजेसम्म पूजा तथा श्रीमद् देवीभागवत पाठ पारायण, दिउँसो १२ बजेदेखि ४ बजेसम्म संगीतमय कथा प्रवचन तथा साँझ ६ बजेदेखि १० बजेसम्म आरती, भजन–सन्ध्या,लगायतका कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।आयोजक समितीका अध्यक्ष मुनाराम चालिसेले धार्मिक तथा सामाजिक कार्यमा सहयोग गर्न महायज्ञमा सहभागी हुन सबैमा अनुरोध गरेको छ ।

प्रकाशित : १४ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६