ब्रेकिंग न्युज

वरिष्ठ अधिवक्ताको मापदण्ड समयानुकूल बनाउन जोड



बाँके, १५ असोजः

वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने विद्यमान मापदण्डलाई समयानुकूल परिमार्जन गर्दै व्यवस्थित, मर्यादित र वस्तुनिष्ठ बनाउन नेपालगञ्जका कानुन व्यवसायीले आग्रह गरेका छन् । सर्वोच्च अदालत वरिष्ठ अधिवक्ता सिफारिस समितिद्वारा नेपालगञ्जमा आयोजित सुझाव सङ्कलन तथा अन्तरक्रियामा सहभागी कानुन व्यवसायीले उक्त सुझाव दिनुभएको हो । सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदीले वरिष्ठ अधिवक्ता उपाधि प्रदान गर्दा विगतका मापदण्ड र अभ्यासमा देखिएका समस्या तथा गुनासोलाई सम्बोधन गर्ने गरी स्पष्ट, वस्तुनिष्ठ र व्यावसायिक मापदण्ड तय गर्नका लागी सुझाव सङ्कलन भइरहेको बताउनुभयो । उहाँले कानुन व्यवसायीको व्यावसायिक योगदान, दक्षता, आचरण, मूल्य–मान्यता र न्याय क्षेत्रमा पु¥याएको योगदानका आधारमा उपाधि प्रदान गर्ने उद्देश्यले जिल्लागत रूपमा कानुन व्यवसायीबाट प्रत्यक्ष सुझाव सङ्कलन गरिएको उल्लेख गर्नुभयो । अधिवक्ता वसन्त गौतमले व्यावसायिक मूल्यमान्यता कायम राख्दै गुणस्तरीय कानुनी सेवा प्रदान गर्न सक्ने, पदीय गरिमा जोगाउने र वकालतका साथै कानुन, न्याय तथा मानव अधिकारको क्षेत्रमा विशिष्ट अनुभव भएका कानुन व्यवसायीलाई पनि वरिष्ठ अधिवक्ताको प्राथमिकतामा राख्न सुझाव दिनुभयो । वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, सुनिलकुमार श्रेष्ठ, बार काउन्सिलका पार्षद अधिवक्ता ईश्वरीप्रसाद ज्ञवाली, उच्च बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठलगायतले वरिष्ठ अधिवक्ताको चयन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र थप परिष्कृत बनाउनुपर्ने सुझाव दिनुभएको थियो । उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासका न्यायाधीश बामदेव ज्ञवालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । –––

प्रकाशित : १५ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६