ब्रेकिंग न्युज

नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र



तुलसीपुर (दाङ), १५ असोज

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ । विश्वविद्यालयका नवनियुक्त कुलसचिव प्रा डा नवराज कट्टेलले नयाँ पदाधिकारी आएलगत्तै शिलान्यास गरी छात्राबास निर्माण अघि बढाइएको जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष छात्रावास निर्माणका लागि पनि आवश्यक योजना र रूपरेखा तयार पारिएको छ । यसअघि छात्रावास नहुँदा विद्यार्थीलाई समस्या हुँदै आएको थियो । विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखेर छात्रावास निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । विश्वविद्यालयअन्तर्गतको शिक्षण अस्पताललाई २०० शय्याको बनाउने तयारी भइरहेको कुलसचिव कट्टेलले जानकारी दिनुभयो । यसअघि लुम्बिनी प्रदेश सरकारले २०० शय्याको अस्पताल निर्माणका लागि रु तीन करोड बजेट विनियोजन गरे पनि प्रक्रिया अघि बढ्न सकेको थिएन । अहिले अस्पताललाई २०० शय्याको बनाउने गरी प्रशासनिक तथा राजनीतिक तहमा पहल भइरहेको उहाँले बताउनुभयो । आयुर्वेद अध्ययन संस्थानको जनशक्ति, भौतिक संरचना र आर्थिक अवस्थासहितको विस्तृत प्रतिवेदन प्राप्त भएकाले त्यसको अध्ययन गरी प्राथमिकताका आधारमा काम अघि बढाइने उहाँले बताउनुभयो । विश्वविद्यालयले आयुर्वेद कलेज तथा ओपिडीका लागि आवश्यक उपकरण र आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरेको छ । –––

प्रकाशित : १५ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६