ब्रेकिंग न्युज

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार



काठमाडौँ, १५ असोजः

दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण तथा वित्तीय अनुशासनमा सुधार गर्दै कार्यसम्पादनलाई प्रभावकारी बनाइएको जनाएको छ । किसानको भुक्तानीलाई प्राथमिकतामा राख्दै संस्थानले गत वर्ष सोही अवधिमा करिब छ महिना रहेको भुक्तानी अवधि हाल एक महिनाभित्र झारेको जनाएको छ । यही असोजभित्र भुक्तानी अवधि २५ दिनमा सीमित गर्ने लक्ष्य लिइएको छ । दूधको गुणस्तर सुधारका लागि फ्याट तथा एसएनएफको मापदण्ड परिमार्जन गरी उच्च गुणस्तरको दूध खरिदलाई प्राथमिकता दिइएको छ । सात दशमलव आठ प्रतिशतभन्दा कम एसएनएफ (दूधमा चिल्लो पदार्थबाहेक पाइने प्रोटिन, ल्याक्टोज, र खनिज पदार्थ) भएको दूधमा सहकारी सञ्चालनबापत दिइने टीएस रकम रोकिएको छ । बजारीकरणतर्फ अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा मोहीको बिक्री १३३ प्रतिशत, याक चिज ५० प्रतिशत र ताजा दूध २१ प्रतिशतले वृद्धि भएको छ । दैनिक बिक्री राजस्व करिब रु ९० लाख पुगेको छ भने काठमाडौँ उपत्यकामा २२ वटा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । संस्थानले दैनिक बिक्री राजस्व रु एक करोड २० लाख पुर्‍याउने लक्ष्य राखेको छ । खाडी मुलुकमा वार्षिक न्यूनतम ५० मेट्रिकटन घ्यू निर्यात गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार श्रावणको अन्तिममा ४२० किलो ध्यू निर्यात गरिएको संस्थानले जनाएको छ । संस्थानले खर्च नियन्त्रणका लागि कम दूध सङ्कलन हुने चिस्यान केन्द्रलाई नजिकका केन्द्रमा गाभ्ने, सहकारी सङ्घबाट सिधैँ दूध खरिद गर्ने तथा वित्तीय र प्रशासनिक सुशासनमा जोड दिने नीति अघि बढाएको छ । —

प्रकाशित : १५ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६