ब्रेकिंग न्युज

बाणगंगामा आयुर्वेद भवन निर्माण तीव्र



बाणगंगा, कपिलवस्तु १६ असोज

बाणगंगा नगरपालिका–८ बोडगाउँमा निर्माणाधीन आयुर्वेद भवनको निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ। स्थानीय स्तरमै आयुर्वेदिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले निर्माण भइरहेको भवन सम्पन्न भएपछि नागरिकलाई सहज र व्यवस्थित रूपमा आयुर्वेद उपचार तथा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भवन निर्माणका लागि रु. १ करोड १६ लाख २ हजार ६ सय ३ रुपैयाँ ५० पैसा लागतमा ठेक्का सम्झौता भएको हो। निर्माणको जिम्मेवारी जय श्री मा वैण्णो कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि., कृष्णनगरले पाएको छ। सम्झौताअनुसार भवन निर्माणको म्याद २०८३ साल चैत ३० गते सम्म रहेको छ।
निर्माणाधीन भवनको गुणस्तर, प्रगति र कामको अवस्थाबारे बाणगंगा नगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज घिमिरे नेतृत्वको टोलीले अनुगमन गरेको छ ।


अनुगमनका क्रममा निर्माणको प्रगति, प्राविधिक पक्ष तथा निर्धारित समयभित्र काम सम्पन्न गर्ने विषयमा आवश्यक जानकारी लिइएको इन्जिनियर अनिल खनालले बताउनु भयो ।


स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको क्षेत्र भएकाले यस्ता पूर्वाधार निर्माणमा लागत अनुसारको गुणस्तर, समयमै सम्पन्नता र दीर्घकालीन उपयोगितालाई प्राथमिकता दिनुपर्ने देखिन्छ। भवन निर्माण सम्पन्न भएपछि त्यसको नियमित सञ्चालन, दक्ष जनशक्ति व्यवस्थापन र आवश्यक उपकरणको उपलब्धता समेत सुनिश्चित गर्न सके आयुर्वेद सेवाबाट स्थानीय नागरिकले थप लाभ लिन सक्नेछन्।
यसैगरी, अनुगमन टोलीले सिद्धार्थ क्याम्पस, बुङ्गचीमा निर्माण÷मर्मत भइरहेको सभा हलको समेत स्थलगत अनुगमन गरेको जनाएको छ। सार्वजनिक तथा शैक्षिक संस्थाका पूर्वाधार निर्माण र मर्मतका काममा गुणस्तर कायम गर्दै समयमै सम्पन्न गर्न अनुगमनलाई प्रभावकारी बनाइएको सहायक प्रशासकीय अधिकृत दिपक पाण्डेले जानकारी दिनु भयो ।

स्थानीय तहबाट निर्माण भइरहेका स्वास्थ्य तथा शैक्षिक पूर्वाधारको नियमित अनुगमनले सार्वजनिक लगानीको उचित उपयोग सुनिश्चित गर्नुका साथै नागरिकले अपेक्षा गरेको सेवा र सुविधासँग पूर्वाधारलाई जोड्न अनुगमन महत्वपूर्ण हुने वरिष्ठ इन्जिनियर सुरज घिमिरेले बताउनु भयो ।

प्रकाशित : १६ आश्विन २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६