ब्रेकिंग न्युज

जनताको जीवनसँग जोडिएको विकाससँगै वातावरण संरक्षणमा मन्त्री खत्रीको जोड



बाँके, १७ असोज


जनताको आवश्यकता, सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणलाई केन्द्रमा राखेर विकास निर्माणका काम अघि बढाउनुपर्नेमा जोड दिइएको छ। भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), बाँकेको २७ औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रममा सहभागी वक्ताहरूले विकास र वातावरणलाई एकअर्काका प्रतिस्पर्धी नभई परिपूरक विषयका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी विकासका योजना निर्माण र कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले विकास निर्माणका क्रममा स्थानीय आवश्यकता, सामाजिक उत्तरदायित्व र वातावरणीय पक्षलाई समान महत्व दिनुपर्नेमा जोड दिनुभयो।


मन्त्री खत्रीले सडक, पुल, खानेपानी, भवन लगायतका भौतिक पूर्वाधार विकासले नागरिकको दैनिक जीवन सहज बनाउने भए पनि त्यसको दीर्घकालीन प्रभावलाई समेत ध्यान दिन आवश्यक रहेको बताउनु भयो । मन्त्री खत्रीले पूर्वाधार निर्माण गर्दा वातावरणीय सन्तुलन बिग्रिएमा तत्काल देखिने विकासले भविष्यमा प्राकृतिक विपद्, प्रदूषण, भूक्षय तथा जैविक विविधतामा क्षति निम्त्याउन सक्ने भएकाले विकाससँगै संरक्षणको नीति आवश्यक रहेको धारणा राख्नु भयो ।
भौतिक मन्त्री खत्रीले सामाजिक परीक्षण जस्ता कार्यक्रमले संस्थाका गतिविधि, उपलब्धि, कमजोरी र आगामी कार्यदिशाबारे सरोकारवालाबीच खुला छलफलको अवसर प्रदान गर्छन्। यसले संस्थागत पारदर्शिता र जवाफदेहिता बढाउनुका साथै समुदायका वास्तविक आवश्यकता पहिचान गर्न समेत सहयोग पुग्ने बताउनु भयो ।
भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले विकासको वास्तविक अर्थ भौतिक संरचना निर्माण गर्नु मात्र नभई , त्यसबाट नागरिकले सुरक्षित, सहज र सम्मानजनक जीवनयापनको अवसर पाउनु पनि हो। त्यसैले योजना छनोटदेखि कार्यान्वयन र मूल्याङ्कनसम्म जनताको सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको तर्क गर्नु भयो ।
मन्त्ती खत्रीले आजको विकासले भोलिको पुस्ताको अधिकार र प्राकृतिक स्रोतमा असर नपरोस् भन्ने विषयलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ। वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग र सामाजिक उत्तरदायित्वलाई विकास योजनाको अभिन्न हिस्सा बनाउन सके मात्र विकास दीर्घकालीन र जनमैत्री बन्न सक्ने धारणा राख्नु भयो ।

प्रकाशित : १७ आश्विन २०८३, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६