अर्थ-वाणिज्य

नवजागृति सामुदायिक वनको १७ औँ सभावाट सवा ३ करोडको बजेट पारित



कपिलवस्तु १८ असोज
बाणगंगा नगरपालिका–२ गोबडिहवास्थित नवजागृति सामुदायिक वनको १७ औँ सभावाट सवा ३ करोडको बजेट पारित भएकोछ । सामुदायिक वन उपभोक्ता समूहको १७ औँ वार्षिक साधारण सभामा सामुदायिक वनले आगामी वर्षका लागि ३ करोड १७ लाख ११ हजार १ सय १२ रुपैयाँको बजेट प्रस्तुत गरेको हो । सभामा वन संरक्षण, विकास निर्माण, रोजगारी सिर्जना तथा उपभोक्ताको आर्थिक र सामाजिक हितलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।कार्यक्रममा वन समूहका अध्यक्ष पदम अधिकारीले वन संरक्षणलाई प्राथमिकतामा राख्दै उपभोक्ताको आर्थिक तथा सामाजिक हितका कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद पौडेलले सामुदायिक वनले वन संरक्षणसँगै रोजगारी सिर्जना र स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो। उहाँले स्थानीय सरकार र सामुदायिक वनबीचको सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने बताउनुभयो।यस्तै, सब–डिभिजन वन कार्यालय पिपराका प्रमुख दिनेशप्रसाद जयसवालले सामुदायिक वनले वन संरक्षणसँगै विकास निर्माण, रोजगारी र सामाजिक क्षेत्रमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो।
साधारण सभामा सचिव नरमाया पुनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोषाध्यक्ष दिलबहादुर रानाले आर्थिक प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष बेलमाया पुन लगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन सचिव नरमाया पुनले गर्नुभएको थियो।सभामा वैज्ञानिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष रेनु सेन, इलाका प्रहरी कार्यालय पिपराकी प्रहरी निरीक्षक कालिका कार्की, सशस्त्र प्रहरी बलका प्रमुख प्रेमसिंह धामी, वन कार्यालयका अधिकारी, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामुदायिक वनका उपभोक्ताहरूको सहभागिता रहेको थियो।साधारण सभामा वन संरक्षणलाई थप प्रभावकारी बनाउने, वैज्ञानिक तथा दिगो वन व्यवस्थापन गर्ने, उपभोक्ताको आयआर्जन बढाउने र वनबाट प्राप्त स्रोतलाई स्थानीय विकास तथा सामाजिक क्षेत्रमा परिचालन गर्ने विषयमा समेत छलफल गरिएको थियो। @ picture AI generated

प्रकाशित : १८ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६