ब्रेकिंग न्युज

शनिवारीय ध्यान तथा साधना शिविर



कपिलवस्तु १८ असोज

शनिबारलाई बिदाको दिनका रूपमा बिताउने भन्दा आत्मचिन्तन, मानसिक शान्ति र सकारात्मक सोच विकास गर्ने अवसरका रूपमा उपयोग गर्ने उद्देश्यले शनिवारीय ध्यान तथा साधना शिविर ओशो तथागत आश्रम, बाणगंगा कपिलवस्तुमा सञ्चालन गरिएको छ।
शनिवारीय शिविरमा सहभागीलाई शारीरिक रूपमा स्थिर रहन, श्वास प्रश्वासमा ध्यान केन्द्रित गर्न, मनलाई एकाग्र बनाउन तथा सकारात्मक सोच विकास गर्न अभ्यास गराइन्छ। नियमित ध्यानले तत्काल समस्या समाधान गर्नेभन्दा पनि समस्या र परिस्थितिलाई शान्त र सन्तुलित ढंगले सामना गर्ने क्षमता विकास गर्न मद्दत गर्ने विश्वास गरिएको संचालक स्वामी ध्यान सिद्धार्थको भनाई रहेको छ ।


ध्यान धार्मिक वा आध्यात्मिक गतिविधिमा सीमित नभई आत्म अनुशासन, मानसिक सन्तुलन र स्वस्थ जीवनपद्धतिसँग जोडिएको अभ्यास हो। केही समय आफ्ना लागि छुट्याएर मौन बस्ने, श्वासप्रश्वासमा ध्यान दिने र आफ्ना विचारलाई नियाल्ने अभ्यासले दैनिक जीवनमा धैर्य, संयम र सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुग्न सक्छ।


विशेषगरी बालबालिका, युवा तथा अत्यधिक व्यस्त जीवन बिताइरहेका व्यक्तिका लागि ध्यान तथा साधनाको अभ्यास उपयोगी हुन सक्छ। प्रविधिको बढ्दो प्रयोग, सामाजिक सञ्जालमा बित्ने समय र निरन्तर प्रतिस्पर्धाले मानिसको ध्यान भंग गराइरहेको अवस्थामा यस्ता शिविरले आफूभित्र फर्किएर सोच्ने वातावरण सिर्जना गर्न सक्छ।


शनिबारको केही समय ध्यान र साधनामा लगानी गर्नु शरीरलाई मात्र आराम दिने विषय नभई मनलाई व्यवस्थित गर्ने अभ्यास पनि हो। नियमितता, अनुशासन र सकारात्मक सोचका साथ ध्यानलाई दैनिक जीवनको हिस्सा बनाउन सके व्यक्तिगत शान्तिसँगै परिवार र समाजमा समेत सकारात्मक व्यवहारको विकास गर्न सकिने संचालक स्वामी ध्यान सिद्धार्थको भनाइ छ ।

प्रकाशित : १८ आश्विन २०८३, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६