ब्रेकिंग न्युज

लालमटिया सामुदायिक वनको १६ औं साधारण सभा



कपिलवस्तु, १८ असोज

बाणगंगा नगरपालिका–२ कप्टैया स्थित लालमटिया सामुदायिक वन उपभोक्ता समूहको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि करिब १ करोड १४ लाख रुपैयाँको आय–व्यय सहितको वार्षिक कार्ययोजना सर्वसम्मत रूपमा पारित गरेको जनाएको छ।
सामुदायिक वनका उपभोक्ताहरूको उल्लेख्य सहभागितामा सम्पन्न साधारण सभाले वन संरक्षण, संवद्र्धन, दिगो व्यवस्थापन तथा उपभोक्ताको हितलाई केन्द्रमा राखेर आगामी वर्षका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। वनलाई काठ–दाउरा उत्पादनको स्रोतका रूपमा मात्र नभई वातावरण संरक्षण, जैविक विविधताको संरक्षण, जलाधार व्यवस्थापन र स्थानीय समुदायको जीविकोपार्जनसँग जोडेर उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।


साधारण सभामा समूहको वार्षिक प्रगति, आर्थिक अवस्था तथा आगामी वर्षको कार्ययोजनाबारे छलफल गरिएको थियो। उपभोक्ताहरूको सहभागिता र सुझावलाई आधार बनाउँदै वन व्यवस्थापनका कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ।
सामुदायिक वन स्थानीय उपभोक्ताको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबैको समान जिम्मेवारी रहने समूहले जनाएको छ। वन क्षेत्रमा हुने अवैध कटानी, आगलागी, चोरी–तस्करी तथा अतिक्रमण नियन्त्रणसँगै वन क्षेत्रको नियमित हेरचाह र संरक्षणमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताइएको छ।
त्यस्तै, वन संरक्षणसँगै वनबाट प्राप्त स्रोत र आम्दानीलाई पारदर्शी तथा उपभोक्तामैत्री ढंगले परिचालन गर्नुपर्नेमा जोड दिइएको छ। वनको दिगो व्यवस्थापनमार्फत वातावरणीय संरक्षणसँगै स्थानीय समुदायको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउने उद्देश्यले आगामी कार्यक्रम सञ्चालन गरिने समूहकी उपाध्यक्ष सावित्री थारुले बताउनु भयो ।

साधारण सभा समूहका अध्यक्ष गिरिधारीलाल थारुको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभामा बाणगंगा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वन जोगाउनु वर्तमान पुस्ताको मात्र नभई भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्नु पनि भएकाले संरक्षणसँगै विवेकपूर्ण उपयोगमा ध्यान दिनुपर्नेमा जोड दिनुपर्ने धारणा राख्नु भयो ।
सभामा उल्लेख्य रूपमा सहभागी उपभोक्ताहरूले वन संरक्षण, व्यवस्थापन र आगामी कार्यक्रमका विषयमा आफ्ना धारणा तथा सुझाव राखेको समूहकी सचिव विपना पौडेलले जानकारी दिनु भ ।
१६ औँ वार्षिक साधारण सभाबाट पारित १ करोड १४ लाख रुपैयाँको वार्षिक कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके वन संरक्षण, उपभोक्ताको हित र सामुदायिक विकासलाई एकसाथ अघि बढाउन सकिने अपेक्षा गरिएको छ। सभाले आगामी कार्ययोजनालाई पारदर्शिता, सहभागिता र जवाफदेहिताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको समूहका कोषाध्यक्ष यम बहादुर स्याङजालीले जानकारी दिनु भयो ।

प्रकाशित : १९ आश्विन २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६