कृषि

राजु भट्टराईका लागि पशुपालन दैनिकीको अभिन्न हिस्सा



दाङ, २० असोजः

राजु भट्टराईका लागि पशुपालन केवल जीविकोपार्जनको माध्यम मात्र होइन, दैनिकीको अभिन्न हिस्सा बनेको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीस्थित योगी आदित्यनाथ फाउन्डेशनमा भट्टराई विगत एक दशकदेखि गाईगोरुको हेरचाहमा व्यस्त हुनुहुन्छ । हाल उहाँले फाउन्डेशनमा रहेका ६०० गाईगोरुको हेरचाह गर्दै आउनुभएको छ । गाईगोरुको सङ्ख्या ठूलो रहेकाले फाउन्डेशनले सहयोगका लागि केही कर्मचारीसमेत राखेको छ । कर्मचारीको उचित परिचालन र कामको बाँडफाँड गर्ने जिम्मेवारी पनि भट्टराईकै छ । दानापानी खुवाउनेदेखि चरनका लागि लैजानेसम्मका कामको नेतृत्व उहाँले नै गर्नुहुन्छ । लामो समयदेखि गाईगोरुको हेरचाह गर्दै आएकाले फाउन्डेशनमा रहेका गाईगोरु उहाँले बोलाउँदा जता बोलाए पनि त्यतै पुग्ने गरेको उहाँ बताउनुहुन्छ । “मैले जहाँ बोलाएँ, त्यहीँ गाईगोरु आउँछन्”, उहाँले भन्नुभयो, “गाईगोरुले मेरो भाषा बुझ्छन् ।” ठूलो सङ्ख्यामा रहेका चौपायालाई उचित व्यवस्थापन गर्न भने निकै समस्या रहेको उहाँको गुनासो छ । विशेषगरी गाईगोरुलाई खुवाउने घाँस र पराल पर्याप्त नहुँदा व्यवस्थापनमा कठिनाइ हुने गरेको उहाँले बताउनुभयो । केही दिनअघि मात्रै विश्वविद्यालयको जग्गा लिजमा लिएका एक व्यक्तिले घाँस उपलब्ध गराइदिएपछि घाँस खुवाउन सहज भएको उहाँले बताउनुभयो । गाईगोरु देख्दा नै आफूलाई खुसी लाग्ने गरेको भट्टराईको भनाइ छ ।

प्रकाशित : २० आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६