खोज–अनुसन्धान

नियमित महाधिवेशन पक्षधर कांग्रेसको सभापतिमा  न्यौपाने



कपिलवस्तु २० असोज
नेपाली कांग्रेस नियमित महाधिबेशन पक्षधर कपिलवस्तुले संगठन सुदृढीकरण तथा आन्तरिक संरचनालाई व्यवस्थित बनाउने अभियानअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा नगर तथा गाउँपालिका अधिवेशन सम्पन्न गरेको छ। सोही क्रममा मंगलबार वाणगंगा नगरपालिकामा नगर अधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरिएको हो।अधिवेशनबाट वाणगंगा नगर सभापतिमा विष्णुप्रसाद न्यौपाने चयन हुनुभएको छ। उपसभापतिमा भवता बेल्वासे र दुर्गा थापा, सचिवमा बोमबहादुर कुँवर र किशोर चौधरी, सहसचिवमा भोजराज भुसाल र खिमा भण्डारी पौडेल तथा कोषाध्यक्षमा बसन्त कँडेल चयन हुनुभएको छ। अन्य पद तथा सदस्यहरूमा समेत प्रतिनिधि चयन गरिएको जनाइएको छ।नवनिर्वाचित सभापति न्यौपानेले पार्टी संगठनलाई व्यक्ति केन्द्रित नभई विधि, विधान र लोकतान्त्रिक प्रक्रियामा आधारित बनाउँदै सबै नेता–कार्यकर्तालाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो।
अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताले स्थानीय तहमा पार्टी संगठनलाई थप प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए। विकास, सुशासन, रोजगारी, सामाजिक न्याय तथा स्थानीय जनसरोकारका विषयलाई पार्टीको राजनीतिक एजेण्डासँग जोडेर कांग्रेसलाई जनतासँग अझ नजिक बनाउनुपर्ने उनीहरूको भनाइ थियो।कांग्रेसभित्र पछिल्लो समय उम्मेदवार छनोट, टिकट वितरण तथा संगठन सञ्चालनका विषयमा देखिएका असन्तुष्टिलाई आन्तरिक लोकतान्त्रिक प्रक्रियाबाट सम्बोधन गर्दै संगठनलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यले अधिवेशन अघि बढाइएको नेताहरूले बताएका छन्।जिल्लाका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएसँगै कांग्रेस कपिलवस्तुले संगठन विस्तार, कार्यकर्ता परिचालन र जनसरोकारका विषयमा पार्टीको सक्रियता बढाउने तयारी गरेको जनाएको छ।देउवाको नेतृत्वमा हुने महाधिवेशनको तयारी तिब्र पारीएको हो ।

प्रकाशित : २० आश्विन २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६