अर्थ-वाणिज्य

सितगंगा अब बिकटबाट निकट : दुई जिल्ला जोड्ने ५ पुल बनेपछि बहुआयमिक सहजता



कपिलवस्तु २२ असोज
अर्घाखाँचीलाई कपिलवस्तु र दाङ जोड्ने गरी सितगंगामा ५ वटा पुल वनेपछि सितगंगा अब बिकट होइन निकट बन्न पुगेकोछ । सितगंगामा ५ पुलबनेपछि बहुआयमिक सहजता थपिएकोछ । अर्घाखाँचीको सितगंगालाई कपिलवस्तु र दाङ जोड्ने ५ पुलबनेपछि बहुआयमिक सहजता थपिएकोछ । कपिलवस्तु र अर्घाखाँचीको शितगंगा नगरपालिकालाई जोड्ने विभिन्न स्थानमा पाँचवटा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयको आवागमन सहज भएको छ । पुल बनेपछि वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।लुम्बिनी प्रदेश सरकार र सङ्घीय सरकारका योजनाअन्तर्गत निर्माण भएका पुलले शितगंगा नगरपालिकाका वडा नं. ९, ११, १३ र १४ लाई कपिलवस्तुको तराई क्षेत्रसँग जोडेको शितगंगा नगरपालिका–११ का वडाध्यक्ष नवराज भुसालले बताउनुभयो ।

उहाँका अनुसार पुल निर्माण भएपछि शितगंगाको दक्षिणी भेगबाट कपिलवस्तुतर्फको आवतजावत सहज भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ मसुरेमा करिब चार करोड रुपियाँको लागतमा निर्माण भएको पुलले शितगंगा–११ का बासिन्दालाई आवतजावतमा सहज बनाएको छ ।त्यस्तै, बुद्धभूमि नगरपालिका–१ पत्थरकोटमा करिब सात करोड रुपियाँको लागतमा अर्को पुल निर्माण भएको छ । यी दुवै पुल लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण भएका हुन् ।यसैगरी, शितगंगा नगरपालिका–९ र ११ लाई अर्घाखाँची–भालुबाङ सडकखण्डसँग जोड्ने गरी रणसिंह खोलामा करिब आठ करोड रुपियाँको लागतमा पक्की पुल निर्माण गरिएको छ ।

पुल बनेपछि शितगंगाका बासिन्दालाई सडक सञ्जालमा जोडिन तथा अर्घाखाँची हुँदै प्रदेश राजधानी राप्ती उपत्यका पुग्न सहज भएको छ ।बाणगंगा नगरपालिका र शितगंगा नगरपालिकालाई जोड्ने गरी मुसीयानमा करिब छ करोड र पावरामा करिब १३ करोड रुपियाँको लागतमा थप दुई पक्की पुल बनेपछि शितगंगा नगरपालिकाको सिमलपानी क्षेत्रका बासिन्दालाई कपिलवस्तुतर्फ आउजाउ गर्न सहज भएको छ ।पुल निर्माणसँगै वर्षायाममा खोलामा पानीको बहाव बढ्दा जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य भएको स्थानीयको भनाइ छ । पुलले स्थानीय उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य तथा रोजगारीका लागि तराई क्षेत्रमा हुने आवतजावतसमेत सहज बनाएको छ ।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६