अर्थ-वाणिज्य

बिजयनगरमा १ सय बढिको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया



कपिलवस्तु २२ असोज
कपिलवस्तुको विजयनगर गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट १ सय ७० जना लाभान्वित भएका छन्। गाउँपालिकाको आयोजना तथा छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।शिविरमा आँखाको परीक्षण तथा उपचार गरिएकामध्ये १ सय १९ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो। उनीहरूको निःशुल्क शल्यक्रिया विजयनगर आधारभूत अस्पताल, बद्धौरमा गरिएको आयोजकले जनाएको छ।ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्थानीय स्तरमै सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

शिविरमा आँखाको परीक्षणसँगै समस्या पहिचान, आवश्यक उपचार तथा मोतिबिन्दुको शल्यक्रिया सेवा निःशुल्क उपलब्ध गराइएको थियो।स्थानीय स्तरमै विशेषज्ञसहितको आँखा उपचार सेवा पाएपछि सेवाग्राहीले राहत महसुस गरेका छन्। आर्थिक अभाव तथा अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि यस्ता शिविर प्रभावकारी हुने गाउँपालिकाको भनाइ छ।गाउँपालिकाले आगामी दिनमा पनि नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ

प्रकाशित : २१ आश्विन २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६