राँझा (बाँके), २२ असोज
बुधबार परेको वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ । हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा ठूलो क्षति पु¥याएको राप्ती सोनारीको साकार कृषि सहकारी संस्थाका व्यवस्थापक जमानसिंह वलीले बताउनुभयो । उहाँका अनुसार किसानले १५० बिगाहमा रोपेको बीउ धानमा वर्षाले क्षति पु¥याएको छ । स्यहार्ने बेला वर्षाले क्षति पु¥याएपछि आगामी वर्षको लागि धानको बीउ अभाव हुने भएको छ । बीउ धान खेतीका लागि सहकारीले किसानलाई बीउ वितरण गर्दै आएको छ । किसानले बीउ धान उत्पादन गरेर सहकारीलाई बिक्री गर्ने गरेको व्यवस्थापक वलीले बताउनुभयो । यो वर्ष पानी राम्रो परेका कारण धान राम्रो फले पनि स्यहार्ने बेला वर्षाले क्षति पु¥याएकोे उहाँको गुनासो छ । कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले पाकेर थन्क्याउने बेलाको वर्षाले धानबालीमा ठूलोे क्षति पु¥याएको बताउनुभयो । बाँकेका विभिन्न स्थानमा धानबालीमा वर्षाले क्षति पुगेकोे जानकारी आए पनि क्षतिको एकीन विवरण सङ्कलन भइनसकेको उहाँले जानकारी दिनुभयो । बाँकेमा कुल ५४ हजार ५२६ हेक्टर खेतीयोग्य जमिनमध्ये ३३ हजार ५७० हेक्टरमा धान रोपाइँ हुने गरेको छ । यो वर्ष ३३ हजार ५०३ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको कृषि ज्ञान केन्द्र का सूचना अधिकारी शर्माले बताउनुभयो । –––









प्रतिक्रिया