ब्रेकिंग न्युज

भन्सार छलीका सामान बरामद



रूपन्देही, २२ असोज

रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका रु पाँच लाख १३ हजार ६०० मूल्य बराबरका सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले रोहिणी गाउँपालिका, सिद्धार्थनगर नगरपालिका लगायतका विभिन्न स्थानबाट चेकजाँचका क्रममा भन्सार छली गरी ल्याइएका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनबहादुर शाहीले जानकारी दिनुभयो । प्रहरीका अनुसार बरामद सामानमा कपडा, खाद्यान्न तथा विभिन्न किराना सामान रहेका छन् । यसैगरी, विभिन्न प्रकारका फ्लावर पोट, टर्च तथा पटाका लगायतका सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले भन्सार छली तथा अवैध चोरी पैठारी नियन्त्रणका लागि जिल्लाका सीमा क्षेत्र तथा विभिन्न स्थानमा नियमित चेकजाँच र निगरानी तीव्र पारेको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी उपरीक्षक शाहीले बताउनुभयो । उहाँका अनुसार चाडपर्वको समयमा अवैध रूपमा सामान भित्र्याउने तथा चोरी पैठारीका गतिविधि बढ्न सक्ने भएकाले सीमा क्षेत्र तथा जिल्लाका विभिन्न स्थानमा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६